भाइरल झाँक्रीको सर्पको टोकाईबाट मृत्यु



ताप्लेजुङ , कार्तिक १ । सन्देश आज । फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट मृत्यु भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।

जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए। सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो। त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी संविधानसभा सदस्य संचपाल मादेनले बताए।

‘धामीको भर पर्दा अस्पताल लैजान ढिला भयो,’ उनले भने, ‘दसैंको टीकाको दिन भएकाले एम्बुलेन्स पनि समयमा पाइएन।’ मृतक घतानी आफैं पनि घरमा थान स्थापना गरेर झारफुक गर्थे।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी