संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई



काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा संखुवासभाको तर्फबाट ११ केजीको माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ।

अध्यक्ष ओलीको गुन्डुस्थित निवासमै पुगेर आयोजना गरिएको कार्यक्रममा संखुवासभाबाट पूर्व सांसद राजेन्द्र गौतम, पार्टीका नेताहरू तुलसी नेउपाने, प्रेम शाक्य, भविश्वर गुरुङ, खादबारी नगरपालिकाका निवर्तमान मेयर मुरारी प्रसाद खतिवाडा, जिल्लाका अन्य नेताहरू तथा सम्पर्क मञ्चका सम्पूर्ण पदाधिकारी र कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै प्रतीकात्मक रूपमा ११ केजीको माला लगाइएको जनाइएको छ। उक्त विशेष समन्वय तथा व्यवस्थापन सम्पर्क मञ्चका अध्यक्षले गर्नुभएको थियो।

सो अवसरमा सहभागीहरूले अध्यक्ष ओलीको नेतृत्वमा पार्टी थप सुदृढ हुँदै देशमा स्थायित्व, सुशासन र समृद्धिको अभियानले गति लिने विश्वास व्यक्त गरे। उहाँको दीर्घ राजनीतिक योगदान र राष्ट्रहितप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गरिएको थियो।

अध्यक्ष ओलीले प्राप्त सम्मानप्रति धन्यवाद व्यक्त गर्दै पार्टी र देशको हितका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

 सामाजिक सञ्जालमा हामी