बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा



काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा शनिबार वीरगन्जमा विभिन्न हिन्दुवादी संघ–संस्थाहरूले संयुक्त रूपमा चर्को विरोध प्रदर्शन गरेका छन्।

वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिरको प्राङ्गणबाट सुरु भएको विरोध जुलुस नगरका मुख्य सडक हुँदै विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरूले बंगलादेश सरकारविरुद्ध तीव्र नाराबाजी गर्दै त्यहाँ रहेका हिन्दु अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

जुलुसमा सहभागी हिन्दुवादी युवाहरूले “हिन्दुलाई मार्न पाइँदैन”, “अल्पसंख्यकमाथिको अत्याचार बन्द गर”, “बंगलादेश सरकार मुर्दाबाद” जस्ता नाराहरू लगाएका थिए। आक्रोशित प्रदर्शनकारीहरूले प्लेकार्डमा अंकित बंगलादेशको राष्ट्रिय झण्डा जलाउँदै विरोध जनाएका थिए, जसले वातावरणलाई थप तनावपूर्ण बनाएको थियो।

प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित झडप वा अप्रिय घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले वीरगन्जमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो। नगरका मुख्य चोक, संवेदनशील क्षेत्र र धार्मिक स्थल आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले बंगलादेशमा अल्पसंख्यक भएकै आधारमा हिन्दुहरूलाई रुखमा बाँधेर जलाउने, हत्या गर्ने तथा त्रास फैलाउने कार्यलाई अमानवीय र घोर निन्दनीय भएको बताए। “यदि कुनै देशमा अल्पसंख्यक भएकै कारण यसरी निर्दोष नागरिकमाथि अत्याचार हुन्छ भने त्यसले सम्पूर्ण क्षेत्रमै अस्थिरता निम्त्याउँछ,” एक वक्ताले चेतावनी दिए।

प्रदर्शनकारीहरूले बंगलादेश सरकारलाई त्यहाँ रहेका हिन्दु समुदायको जिउधनको सुरक्षा गर्न, दोषीहरूलाई कारबाही गर्न र हिंसात्मक गतिविधि तत्काल रोक्न कडा माग गरेका छन्। साथै, उनीहरूले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायलाई बंगलादेशमा भइरहेको मानवअधिकार उल्लङ्घनका घटनामा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि नाराबाजी र प्रतीकात्मक विरोधका कारण वीरगन्जको अवस्था केही समय तनावपूर्ण बनेको थियो।

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर बढ्डो

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमवार :

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमवार : मेष (चु, चे, चो,

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

 सामाजिक सञ्जालमा हामी