छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई
संखुवासभा : जिल्ला व्याडमिन्टन संघ संखुवासभाद्वारा आयोजना तथा नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाको प्रायोजन आयोजित छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रबिण श्रेष्ठ र जानकिबल्लभले हात पारेका छन् ।
खाँदबारी नगरपालिका१, घिमिरेगाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा २०८२ साल पौष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रविण श्रेष्ठ र जानकी बल्लभको जोडीले मुनुहाङ गुरुङ र राज बिक्रमको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हाे।
विजेता जोडीले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोडीले नगद रु. २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका राजेन्द्र श्रेष्ठ र अनमोल वुर्जा मगर तथा अमर बिष्ट र मनिश श्रेष्ठको जोडीले नगद रु. ५,०००–५,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेता तथा सहभागी खेलाडीहरूलाई खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिकाका प्रशासकिय अधिकृत पदम प्रसाद बजगाई, खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाका अध्यक्ष दिपेश श्रेष्ठ लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।