नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने



नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद बुधबार बिहान करिब ४ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। अहिले ती हात्तीलाई विमानस्थल नजिकैको खाली जग्गामा सुरक्षित रूपमा राखिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार ती हात्तीलाई सौराहाबाट विशेष रूपमा तयार गरिएको खोरसहित ट्रकमार्फत भैरहवा ल्याइएको हो। सोमबार सौराहाबाट बिदाइ गरिएका हात्तीलाई यात्राका क्रममा आवश्यक हेरचाह र निगरानी गरिएको थियो।

बुधबार नै वन तथा वातावरण मन्त्रालयका सचिव तथा राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामै कतारी दूतावासलाई हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। हस्तान्तरणपछि कार्गो विमानमार्फत हात्तीलाई कतार पठाइने तयारी गरिएको छ।

रुद्रकली पूजाकली र खगेन्द्रप्रसाद कोशी कलीका बच्चा हुन्। दुवैको बाबु जङ्गली भाले हात्ती रोनाल्डो रहेको निकुञ्जले जनाएको छ। खोरसोरस्थित प्रजनन केन्द्रमा पोथी हात्तीहरू जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे र गोविन्दे जस्ता शक्तिशाली हात्तीको सहवासमा गर्भवती हुने गरेका छन्। सरकारले कतारलाई हात्ती उपहार दिने निर्णय गरेपछि आवश्यक सबै कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गरी पठाउन लागिएको हो।

यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्ती लगायतका वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। यस्ता उपहारलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने माध्यमका रूपमा लिइँदै आएको छ। साथै, यसबाट नेपालको जैविक विविधता र संरक्षण प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य पनि रहेको सरकारको भनाइ छ।

सरकारी अधिकारीहरूका अनुसार, नेपालबाट पहिलोपटक हात्ती उपहारस्वरूप विदेश पठाउन लागिएको हो, जसलाई वन्यजन्तु कूटनीतिका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ

“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्‍तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ”

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु

काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा

 सामाजिक सञ्जालमा हामी