पाकिस्तानबाट विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए साजिद अक्रम, बुवाबाट जन्मसिद्द नागरिक थिए छोरा



अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। अस्ट्रेलियाली प्रहरीले उक्त आक्रमण बुवा–छोराले मिलेर गरेको पुष्टि गरेको छ। मृतकको संख्या बढ्न सक्ने भन्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा नविद अक्रम हुन्। प्रहरीको जवाफी कारबाहीमा साजिद अक्रम घटनास्थलमै मारिएका छन् भने नविद अक्रम गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। आक्रमण यहुदी समुदायले हनुक्का पर्व मनाइरहेका बेला भएको थियो, जहाँ ठूलो संख्यामा मानिसहरूको भीड थियो।

अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसी न्युजका अनुसार आक्रमणकारीहरूले प्रयोग गरेको कारबाट इस्लामिक स्टेट (आईएस) को झन्डा फेला परेको छ। प्रहरी अधिकारीहरूले दुवै आक्रमणकारी आईएस आतङ्कवादी संगठनप्रति प्रतिबद्ध रहेको विश्वास गरिएको बताएका छन्। घटनालाई लक्षित आतंकवादी आक्रमणका रूपमा अनुसन्धान अघि बढाइएको छ।

न्यु साउथ वेल्स राज्यका प्रहरी आयुक्त मेल लेननले पत्रकार सम्मेलनमा साजिद अक्रमसँग वैध बन्दुक लाइसेन्स रहेको र उनी एक बन्दुक क्लबका सदस्यसमेत रहेको जानकारी दिए। यसले अस्ट्रेलियामा बन्दुक लाइसेन्स र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार साजिद अक्रम सन् १९९८ मा पाकिस्तानबाट विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। पछि उनको भिसा पार्टनर भिसामा रूपान्तरण भएको र स्थायी बसोबास अनुमति (रेसिडेन्ट रिटर्न भिसा) प्राप्त गरेको जानकारी दिइएको छ। उनका छोरा नविद अक्रम भने अस्ट्रेलियामै जन्मिएका नागरिक हुन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले साजिद अक्रम सन् २०१९ मै सुरक्षा निकायको निगरानीमा रहेको खुलासा गरे। तर त्यसपछि उनी निरन्तर रूपमा हिंसात्मक गतिविधिमा संलग्न देखिएका थिएनन्, जसका कारण तत्काल कारबाही नगरिएको जनाइएको छ।

घटनापछि बोन्डी बिच क्षेत्र त्रास र शोकमा डुबेको छ। घटनास्थल नजिक मानिसहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। अस्ट्रेलिया सरकारले यहुदी समुदाय र सर्वसाधारणको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको छ भने देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस आक्रमणलाई पछिल्ला दशकहरूमा अस्ट्रेलियामा भएको सबैभन्दा घातक गोलीकाण्डमध्ये एक मानिएको छ, जसले आप्रवासन, चरमपन्थ र सार्वजनिक सुरक्षाबारे पुनः गम्भीर बहस सुरु गराएको छ।

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ

“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्‍तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ”

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

 सामाजिक सञ्जालमा हामी