‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न



काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज काठमाडौँको बत्तीसपुतलीमा सम्पन्न भएको छ। पहिले विविध कारणले स्थगित भएको छोरी उदय फोरम–२०२५ कार्यक्रम आज मंसिर २७ गते काठमाडौँको बत्तीसपुतलीमा सफलतापूर्वक सम्पन्न भएको छ। छोरी उदय अभियान, ललितपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रम यसअघि कार्तिक ३० गतेका लागि तय गरिएको भए पनि देशमा उत्पन्न विषम तथा संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको थियो। परिस्थितिमा सुधार आएपछि कार्यक्रमलाई पुनः मंसिर २७ गते औपचारिक रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम उद्घाटन सत्र र सांस्कृतिक प्रस्तुतिसँगै अघि बढेको थियो। त्यसपछि मुख्य वक्ताहरूका मन्तव्य, प्यानल छलफल तथा प्रभावशाली महिलाहरूको सम्मान कार्यक्रम समावेश गरिएको थियो।

छोरी उदय फोरम–२०२५ ले छोरीहरूको शिक्षा, सशक्तीकरण, नेतृत्व विकास र सामाजिक रूपान्तरणका विषयमा गम्भीर बहस र संवादको वातावरण सिर्जना गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला, अभियन्ता, सामाजिक अगुवा, सञ्चारकर्मी तथा आम नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै माईती नेपाल की अध्यक्ष अनुराधा कोइरालाले महिला बेचबिखन तथा महिला हिंसा बन्द गर्न सबै लागेर समाज र देशलाई परिवर्तन गर्न आवश्यकता औल्याउदै अब युवाहरुले पनि यसमा सहयोग साथ गर्नु पर्ने भनाई राख्नु भयो ।कार्यक्रमका अध्यक्ष भास्कर पन्तले छोरीहरूको अधिकार, महिला ससक्तिकरणको लागी आवज बुलन्द गर्न , अवसर नेतृत्व विकासमा निरन्तर अभियान चलाइरहने तथा केहि महिला अधिकारकर्मीहरुलाई प्रोत्साहन स्वारुप सम्मान गरेको बताउदै अझै कार्यक्रम निरन्तरताको प्रतिबद्धता व्यक्त गर्नुभयो ।तेस्तै कार्यक्रममा बोल्दै फोरम का केन्द्रीय उपाध्यक्षले ग्रामिण क्षेत्र सम्म पुगेर यस संस्थाले सहयोग गर्दै अघि बढ्ने अब कहि कतै पनि महिलाले समस्या भोग्न नपरोस भन्दै यस संस्थाले सहयोग गर्ने समेत बताउनु भयो । छोरी उदय अभियानले यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक सोच विकास गर्दै लैङ्गिक समानता र सशक्तीकरणको अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

 सामाजिक सञ्जालमा हामी