नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा



नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ । नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह (बान्टमवेइट)मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जित्न लागेको यो पहिलो पदक समेत हो । चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ हजार अमेरिकी डलर (१ करोड रुपैयाँ भन्दा बढी) पक्का गरेका छन्। फाइनलमा पुगेमा १ लाख ५० हजार र फाइनल जितेमा ३ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। रोल्पा स्थाई घर भएका नेपाल पुलिस क्लबका चन्द्र सुरु देखि नै राष्ट्रिय टोली तयारी टिमको मिसन २०२६ को प्रशिक्षणमा रहेका छन् । उनले २०७४ बाट बक्सिङ खेल्न सुरु गरेको हुन् ।चन्द्रले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका अर्का खेलाडी लाल बहादुर उप्रेती भने क्वाटरफाइनलमा पराजित भएका छन् । उनी ४८ केजी तौल समूहमा काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५-० ले पराजित भएपनि सेमिफाइनल पुग्न असफल भए । क्वाटरफाइनलमा पराजित भएपनि लालप्रसादले नगद १० हजार डलर पुरस्कार पक्का गरेका छन् । यसपटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चन्द्र र लाल प्रसादसहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी