चम्किँदै शेर मल्ल



लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेका स्पीनर शेर मल्लले बुधबार पनि उक्त लयलाई निरन्तरता दिए ।

यस संस्करणका लागि अक्सनबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका शेर लुम्बिनीका लागि ‘एक्स फ्याक्टर प्लेयर’का रूपमा देखिएका छन् ।

पछिल्ला खेलहरूमा लुम्बिनीको जितमा विपक्षीका टप अर्डर ब्याटरलाई दु:ख दिँदै आइरहेका शेरले आजपनि सोही काम गरे । विदेशी खेलाडीमा बढी भर परेको काठमान्डुको ब्याटिङ ध्वस्त पार्नमा भूमिका खेले ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका शेरले पहिलो बलमै आकाश त्रिपाठीलाई आउट गरे भने आफ्नो दोस्रो ओभरमा मिलिन्द कुमारलाई पनि आउट गरे । अर्कोतर्फ रुबेन ट्रम्पलमनले पनि दुई विदेशी ब्याटर सन्नी पटेल र बेन चार्ल्सवर्थलाई आउट गरेपछि काठमान्डु खेलमा पछाडि परिसकेको थियो ।

१०औं ओभरमा कप्तान रोहित पौडेलले भीम सार्की र राशिद खानलाई पनि आउट गरेपछि काठमान्डु ५१-६ को दयनीय अवस्थामा पुगेको थियो । आदिल आलमले केही ठूला शटहरू खेलेपनि उनलाई शेर मल्लले १४औं ओभरमा बोल्ड गरिदिए ।

सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको काठमान्डु त्यसपछि कुनैपनि समय खेलमा फर्कन सकेन । ३ विकेट लिएका शेर मल्ल प्लेयर अफ द म्याच पनि घोषित भए ।

८ खेलमा विकेट संख्या १३ पुर्‍याएका शेर मल्ल लुम्बिनीका लागि सर्वाधिक विकेट लिने बलर हुन् भने एनपीएलकै सर्वाधिक विकेट लिने सूचीमा पनि तेस्रो स्थानमा छन् ।

कप्तान रोहित पौडेलले शेर मल्लको भूमिका धेरै महत्वपूर्ण भएको बताए । ‘शेर मल्ल एकदम महत्वपूर्ण भूमिकामा छन् । जतिबेला बलिङ दिएपनि विकेट निकालेर दिइरहेका छन् क्रुसियल समयमा’ उनले भने, ‘टिमले जित्नका लागि विकेट महत्वपूर्ण हुन्छ, उनले प्रदर्शन पनि गरिरहेका छन् । उनको भविष्य पनि उज्ज्वल देखिएको छ।’

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त

२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित

लगातार जितको लयमा लुम्बिनी, क्‍वालिफायरमा प्रवेश

२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा

 सामाजिक सञ्जालमा हामी