फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने



काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सहभागी हुन फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने घोषणा आयोजकले गरेको हो ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आज भएको धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेलको पहिलो हाफमा कार्लोस आउने आधिकारिक जानकारी दिएको थियो । दशरथ रंगशालाको स्क्रीनमा कार्लोसको सन्देश सहितको भिडिओ प्ले गरिएको थियो । उनी प्लेअफको समयमा काठमाडौं आउनेछन् ।

विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्येका एक कार्लोसले सन १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए । २००६ सम्म राष्ट्रिय टिमको जर्सी लगाएका उनले तीन विश्वकप खेल्दै १२५ क्याप जितेका छन् । उनको नाममा १० गोल छ । उनी सम्मिलित ब्राजिलले २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्वकप उपाधि जितेको थियो ।

कार्लोसले आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताए । १९९६ देखि २००७ सम्म मड्रिडबाट खेल्दै उनले ३७२ खेलमा ४८ गोल गरेका थिए ।

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

 सामाजिक सञ्जालमा हामी