पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत



काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार सर्वोच्च अदालतमा पुगेको । विशेष अदालतबाट सफाइ दिने गरेको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदनका लागि सर्वोच्च अदालत निवेदन दर्ता गराएको छ। आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलसमेतका प्रतिवादीहरू विरुद्ध पुनरावेदन गरेको हो ।अख्तियारका अनुसार काठमाडौँ उपत्यकामा पानी ल्याउन हचुवाको भरमा बिना विश्लेषण ’माइलस्टोन’ तय गरेको आरोप उनीहरूमाथि छ ।

निर्माण व्यवसायीको क्षमता र नगद प्रवाह कमजोर भई आयोजनाको प्रगति सुस्त भएको थाहा हुँदाहुँदै सम्झौता र प्रचलित कानुन विपरीत निर्माण व्यवसायीलाई आर्थिक लाभ हुने गरी काम गरेको दाबी अख्तियारको छ ।यस्तै, कानुनले तोकेभन्दा बढी ठेकेदारलाई दुई किस्तामा अतिरिक्त मोबिलाइजेसन पेस्की दिएको, सम्झौता बमोजिम भुक्तानीका लागि पेश गरेको बिलमा ’प्रोभिजनल पेमेन्ट’ बापतको रकम असुली नगरेको र प्रत्येक आईपीसीमा ’रेन्टल चार्ज’ मूल्याङ्कन गर्दै बिलबाट कट्टी गरी असुल उपर गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाइएको छ । यी कार्यहरूबाट सरकारी सम्पत्ति हानी नोक्सानी भएको र निर्माण व्यवसायीलाई लाभ पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको थियो । यसअघि आयोगले दायर गरेको मुद्दामा विशेष अदालत, काठमाडौँले २०८१ भदौ १६ गते फैसला गर्दै प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो ।

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ

“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्‍तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ”

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु

काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा

 सामाजिक सञ्जालमा हामी