चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित



काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर लिग (एनएसएल) सिजन तीन अन्तर्गत चितवन एफसी र बुटवल लुम्बिनीबीचको पहिलो हाफ गोलरहितमा समाप्त भएको छ ।

प्रतियोगिताको सातौं दिन शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा एरिकको सेटपीसबाहेक दुबै टोलीले गोलका अवसर सिर्जना गर्न सकेका छैनन् । खेलको ४०औं मिनेटमा एरिकले ३० यार्ड परबाट गरेको प्रहार क्रस बारमा ठोक्किएर रिबाउन्ड भएको थियो । रिबाउन्ड बललाई बुटवलका खेलाडीले सदुपयोग गर्न सकेनन् । यसअघि चितवनका मिडफिल्डर रोशन रानामगरले मिडफिल्डर प्रदीप लामालाई लडाएपछि बुटवलले फ्रिकिक अवसर प्राप्त गरेको थियो ।

पहिलो खेलमा पोखरा थण्डर्सविरुद्ध २–० को जित हासिल गरेको पोखराको लगातार दोस्रो जित हासिल गर्ने लक्ष्य छ । बुटवलको आफ्नो तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा झापा एफसीविरुद्ध गोलरहित बराबरी खेलेको बुटवलले दोस्रो खेलमा धनगढीसँग ४-१ को लज्जास्पद हार बेहोरेको थियो ।

चितवनलाई जितका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । बुटवलले जित हासिल गरे उसले तेस्रो स्थानमा स्थान बनाउने छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी