तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण



काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा सम्पन्न भयो ।
तेक्वान्दो अन्तर्गत छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहको नतिजाको आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् भने छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन् ।
उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदीले छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि जिते ।
यस्तै जुडोको छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहमा भएको नतिजा पछि अंकको आधारमा छात्रतर्फ जेम्स  स्कुल प्रथम, बाल विकास स्कुल दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै छात्रातर्फ बाल विकास स्कुल प्रथम, जेम्स स्कुल दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे ।
उक्त स्पर्धामा बाल विकास स्कुलकी अलिशा परियार छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् भने जेम्स स्कुलका आर्यन खड्का छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते ।
देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको बृहत विद्यालय खेलकुद यहि पुस ९ गते सम्पन्न हुनेछ ।

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

 सामाजिक सञ्जालमा हामी