मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन



काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  आइतबार जितेका छन् । मातृभूमि ‘ए’ ब्वाइज तथा बौद्ध चिल्ड्रेन गल्र्समा च्याम्पियन भए ।
सानोथिमीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित ग¥यो । मातृभूमि ‘ए’ का आभास राउतले १८ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ ले हरायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित   भए । ब्वाइजमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा गल्र्समा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा गल्र्समा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा प्यारागन पब्लिक र गल्र्समा केएमसी अनुशासित टिम ठहरिए ।
विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ८ टिमले प्रतिस्पर्धा गरेको मातृभूमिका कोर्डिनेटर जयराम अधिकारीले जनाएका छन् ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

 सामाजिक सञ्जालमा हामी