कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र



काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ एउटै मोर्चा बनाएर आगामी निर्वाचनमा जाने तयारी अन्तिम चरणमा पुगेसँगै परम्परागत ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले पनि सम्भावित चुनावी गठबन्धनबारे छलफलमा जुटेका छन्।

स्रोतका अनुसार वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट भएर चुनावमा होमिने अवस्था आए कांग्रेस र एमालेले राष्ट्रियसभा निर्वाचनदेखि प्रतिनिधिसभा निर्वाचनसम्म संयुक्त रणनीति अपनाउनेबारे प्रारम्भिक संवाद सुरु गरिसकेका छन्। खासगरी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै दलबीच तालमेलको सम्भावनाबारे गम्भीर छलफल भइरहेको बताइन्छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्। तर, यदि पुनर्स्थापना सम्भव नभए निर्वाचनमा वैकल्पिक शक्तिहरूको गठजोडले चुनौती बढाउने निष्कर्षसहित कांग्रेस–एमालेबीच अघोषित गठबन्धन गरेर जाने विकल्पमा पनि संवाद अघि बढेको स्रोतको दाबी छ।

एक नेताका अनुसार कांग्रेस र एमालेले यसअघिका निर्वाचनमा आफू–आफूले जितेका क्षेत्र सुरक्षित राख्दै बाँकी क्षेत्रमा आपसी भागबण्डा गर्ने मोडालिटीमा छलफल गरिरहेका छन्। ‘पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हो, तर नयाँ दलहरू मिलेर बलियो मोर्चा बनेमा फागुन २१ को चुनावमा कांग्रेस–एमाले गठबन्धन अपरिहार्य हुन सक्छ भन्ने बुझाइमा नेतृत्व पुगेको छ,’ स्रोतले भन्यो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँग गठबन्धन गरेको थियो भने एमालेले राप्रपासहित क्षेत्रगत तालमेल गरेको थियो। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जित्दा एमालेले ७८ सिट जितेको थियो। दुई दल मिलेर प्रतिनिधिसभाका २७५ मध्ये १६७ सिट आफ्नो पक्षमा पारेका थिए।

ओली र देउवाबीच पछिल्ला भेटघाटहरू पनि यही चुनावी समीकरणमा केन्द्रित रहेको स्रोतको भनाइ छ। ‘यदि संसद् पुनर्स्थापना नभए वा चुनाव सार्ने अवस्था बनेन भने वैकल्पिक शक्तिहरूको प्रभाव कम गर्न कांग्रेस–एमालेबीच तालमेल गर्ने रणनीति बनाइएको छ,’ स्रोतले भन्यो। ढिला निर्वाचन हुँदा जेन–जी आन्दोलनको प्रभाव पनि क्रमशः घट्ने बुझाइमा नेतृत्व रहेको बताइन्छ।

कांग्रेस र एमालेले चुनावी तालमेलको अभ्यास ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनबाटै सुरु गर्ने विषयमा पनि छलफल गरिरहेको स्रोतले जनाएको छ। ‘राष्ट्रियसभाबाट तालमेल सुरु गरेर संसदीय चुनावसम्म लैजाने विषयमा देउवा र ओलीबीच अनौपचारिक समझदारी भइसकेको छ,’ स्रोतको दाबी छ।

यसैबीच, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस ठूलो पार्टी भएकाले अन्य दलहरू गठबन्धनका लागि इच्छुक देखिएको बताए। यद्यपि, कांग्रेसभित्र भने प्रत्यक्ष निर्वाचन एक्लै लड्नुपर्छ भन्ने मत पनि बलियो रहेको उनले स्वीकार गरे।

जेन–जी आन्दोलनपछि ओलीले पहिलोपटक मंसिर १९ गते देउवासँग उनकै निवासमा भेट गरेका थिए। त्यसयता भएका निरन्तर भेटघाट र त्यसपछि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेस सांसदहरूले दायर गरेका रिट र पूरक निवेदनहरूले पनि कांग्रेस–एमालेबीचको सहकार्य गहिरिँदै गएको संकेत गरेका छन्।

राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिँदै गइरहेका बेला वैकल्पिक शक्ति र परम्परागत दलबीचको यो शक्ति–सन्तुलनले आगामी निर्वाचनको स्वरूप र परिणाममा निर्णायक प्रभाव पार्ने देखिएको छ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी