विश्नोईको नाममा धम्की दिएको आरोपमा हरिचन्द्र फुयाँल पक्राउ,दुर्गा प्रसाईंबाट परिचालित



काठमाडौं : विश्नोईको नाममा धम्की दिएको आरोपमा हरिचन्द्र फुयाँल पक्राउ परेका छन्। केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । उनकै निर्देशनमा धम्की दिएको खुलेपछि साइबर ब्युरोको काम सकिएपछि सीआईबी लगेर प्रसाईंमाथि अनुसन्धान अघि बढाउने तयारी सीआईबीको छ ।

यता फुयाँलले धम्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

भारतमा नवीन प्रधान

नेपालमा हरिचन्द्र फुयाँलको नामबाट चिनिएका यी युवक भारतमा भने नवीन प्रधानबाट चिनिन्थे । भारतको आसाम र पानीट्यांकीमा बसोबास गरेका ती युवकले नवीन प्रधानको नामबाट भारतीय आधार कार्ड समेत बनाएको खुलेको छ ।

सीआईबीले उनीबाट नवीन प्रधान नाममा जारी भएको आधारकार्ड समेत बरामद गरको छ । ‘उनी नाम परिवर्तन गरेर भारतमा समेत बस्ने गरेको पाइयो । उनीबाट हामीले नवीन प्रधानको नाममा जारी भएको भारतीय आधारकार्ड समेत बरामद गरेका छौं,’ सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले भने ।

दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी

धम्की दिनुका कारण उनले आफ्नो आर्थिक अवस्था समेत कमजोर रहेको र दुर्गा प्रसाईंकै निर्देशनअनुसार काम गरेको सीआईबी समक्ष स्वीकार गरेका छन् । सीआईबीले पनि उनी प्रसाईंबाटै परिचालित रहेको दाबी गरेको छ ।

यही नवीन प्रधानकै नामबाट भारतीय सीमकार्ड लिएर उनले व्यवसायीहरूलाई धम्क्याउने गरेको खुलेको छ । त्यसकै लागि उनले नाम समेत परिर्वतन गरेर आधार कार्ड लिएको हुनसक्ने सीआईबीको दाबी छ ।

चेक बाउन्सका फरार अभियुक्त

फुयाँलविरुद्ध यसअघि पनि मुद्दा चलेको भेटिएको छ । उनी पक्राउ परेसँगै सीआईबीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा चलेको भेटिएको छ ।

सुनसरी प्रहरीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा चलाएको थियो । उक्त केसमा उनी १ लाख ४० हजार धरौटीमा छुटेका थिए । उनी अर्को केसमा भने फरार अभियुक्त रहेको खुलेको छ । उनीविरुद्ध मोरङमा अर्को चेक बाउन्सको उजुरी परेको थियो । मोरङको धुलाबारी प्रहरीमा दर्ता भएको उक्त चेक बाउन्सको कसुरमा भने उनी फरार रहेको खुलेको एसप बोगटीले बताए ।

उनीविरुद्धको कानुनी प्रक्रिया सकिएपछि फुयाँललाई मोरङ पठाउने सीआईबीको तयारी छ ।

काठमाडौंमा ‘नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४’ ब्याडमिन्टन प्रतियोगित हुदै

काठमाडौं :  नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई

NPL मा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका

नेपाल र चीनबीच के के भए सहमति र समझदारी ?

काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको

 सामाजिक सञ्जालमा हामी