काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा पौने दुई लाख बिरुवा रोपिए



राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई-मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् ।

दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुख÷बिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग निर्माण परियोजनाबीच भएको थियो । द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी विकास पोखरेलका अनुसार दुई वर्षको अवधिमा बिरुवा रोपणलाई व्यापकता दिइएको छ । दु्रतमार्ग निर्माणमा काटिएका रुखको शोधभर्नाबापत सरकारी तथा सामुदायिक वनको खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्नुपर्छ ।

बाराको कछडिया–नागमणि, लालगाउँ–जनहित, सहजनाथ–कोहल्वी र रामवन सामुदायिक वनको १६६.३७ हेक्टरमा रोपिएका कतिपय बिरुवा दुई मिटर अग्ला भइसकेका छन् । ती वनमा फलफूल जातिका १९ हजार र वन प्रजातिका एक लाख ५७ हजार पाँच सय बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणको जिरो प्वाइन्ट निजगढ बारा भएकाले वृक्षरोपणमा स्थानीय सामुदायिक वन विशेष प्राथमिकतामा परेका हुन् । आर्थिक वर्ष २०७७/७८ भित्र २०१ हेक्टरमा वृक्षरोपण गरिसक्ने लक्ष्य अनुरूप तीव्र गतिमा काम भइरहेको परियोजनाले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न सिडिओको अनुमति

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीमा ५ घर जल्यो

सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि

माघे संक्रान्तिको दिन,आजको राशिफल

आज विक्रम संवत २०८१ साल, माघ १ गते, मंगलबार । ईश्वी सन् २०२५

 सामाजिक सञ्जालमा हामी