छठ पर्व सुरु,काठमाडौं लगाएत देशको धेरै ठाउमा मनाइदै



२३ कात्तिक,काठमाडौं । हिन्दुहरुको पर्व छठ सुरु भएको छ । आज छठको  दोश्रो दिन हो ।

हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा मिथिलाञ्चलको महान पर्व पनि भनिन्छ ।

छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना, रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन् ।

छठ पर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ । पर्वको दोश्रो दिन मंगलवार व्रतालुहरूले खरना मनाइरहेका छन । खरनाको दिन व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रासादको रुपमा साठी धानको चामल र गाई, भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउँछन् । त्यही प्रसाद खाने गर्दछन् । त्यसछि ब्रतालुहरु ३६ घण्टा पानीसमेत नखाएर निराहार व्रत शुरु हुनेछ ।

छठ अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि छठ विधिवत रुपमा सकिन्छ । सरकारले भोलि सार्वजनिक विदा समेत दिएको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी