रवीन्द्र मिश्रद्वारा मिलन पाण्डेलाई पार्टीबाट निष्कासन



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेका छन्।

पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको आरोपमा पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेका हुन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार स्पष्टीकरण यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको भन्दै निष्कासन गरेको पार्टीका अध्यक्ष मिश्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ ९३१.१० को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी