जहाज थप्दै श्री एयरलाइन्स



काठमाडौं ।निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ ।

गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन जहाज मध्ये दुई वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ ।

ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ ।“हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौँ, अनुमति मागेको मध्ये तीन वटा जहाज खरिद भइसकेको छ, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौँ,” प्रबन्धक मानन्धरले बताउनुभयो ।

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ । शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी