शक्ति समुहको बार्षिक समिक्षा बैठक



मेलम्ची / मेलम्ची नगरपालिकाको समन्वय र सहकार्यमा शक्ति समुहको हाम्रो सम्मान परियोजना अन्र्तगत बार्षिक समिक्षा बैठक मेलम्ची नगरपालिकाको भोटेचौरमा सञ्चालन भएको छ ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिको गत आर्थिक बर्ष २०७८÷०७९ मा भएका कार्यक्रमहरूको बार्षिक समिक्षा र आर्थिक वर्ष २०७९÷८० को लागि योजना निर्माण गरिएको परियोजनाका जिल्ला संयोजक टिका बिकले जानकारी दिनुभयो । जसमा नगर तथा वडा स्तरमा मानव बेचविखन तथा ओेसारपसार नियन्त्रण समिति गठन ,पुनर्गठन र क्रियाशिल गराउने ,तथ्याङ्क संकलन गर्ने,पिडित लाई राहत वितरण तथा पुर्नस्थापना गर्ने,बस्ति स्तर तथा विद्यालयस्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने,क्षमता अभिबृृद्वि तालिम सञ्चालन गर्ने , दिवस मनाउने र बिद्यालयस्तरमा बक्तित्वकला र निबन्ध लेखन कार्यक्रम सञ्चालन गर्ने जस्ता योजनाहरू निर्माण भएको मेलम्च्ी नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङ उपप्रमुख उमा प्रधान मेलम्ची नगरपालिका वडा न ५,९,१०,११,१२र १३ का वडा अध्यक्ष ,वडा सचिव र मेलम्ची नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारिहरूको उपस्थिति रहेको  डोटेलले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख तामाङले अहिले पनि फरक तरिका बाट मानव बेचविखन हुने गरेको भन्दै अझैधेरै चेतनाको आवश्यकता रहेको बताउनुभयो । अशिक्षा, अन्धविश्वास र गरिविका कारण समाजमा जरा गाडेर बसेको मानव बेचविखन जस्तो अपराध र्निमुल पार्न गाह्रो भएको बताउनुभयो । उपप्रमुख उमा प्रधानले पहिला भन्दा अहिले विभिन्न सघंसस्थाका कारण मानवबेचविखन कार्य रोकिए पनि अवस्था लगभग उस्तै रहेको बताउनुभयो । उहाँले मेलम्ची नगरपालिका सधैभरि मानव बेचबिखन विरुद्धमा अग्रसर भएर लागि पर्ने बताउनुभयो । प्रधानले पहिलो प्राथमिकता जनचेतना अभिबृद्दिमा दिनुपर्नेमा जोड दिनुभएको थियो ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ