नर्भिक अस्पताल भत्काउन प्रहरी र मेयरसहितको टोली थापाथलीमा



काठमाडौँ – काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुग्नु भएको छ।

सोमबार दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन आफैं पुग्नु भएको हो ।

नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसँग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिनु भयो ।

तर, नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय