अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपुर्ति माग गर्दै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध



 

सर्लाही । रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व(पश्चिम लोकमार्ग अवरूद्ध बनाइएको छ ।

बिहीबार बिहान पूर्व(पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्कारबाट बागमतीबाट रौतहटतर्फ जादै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरूषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।

सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दे पूर्व(पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लोकमार्गस्थित पुतली चोकमा टायर बालेर बिरोध प्रदर्शन गरेको इलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ ।

विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्सायर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पुर्व पश्चिम लोकमार्गमा यात्रारत सयौं यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तब्यतर्फ लागेका छन् ।

दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेली मगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनको रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शोकमा डुबेको छ ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

 सामाजिक सञ्जालमा हामी