बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै



गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाउनुभएको छ । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उहाँ बताउनुहुन्छ ।

मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किबी परीक्षणका लागि लगाए, अब अन्य स्थानमा खेती विस्तार गर्ने योजनामा छु”, उहाँले भन्नुभयो । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिकरुपमा किबी खेती गर्दै आएका छन् । पछिल्लो समय किबी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ । काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् ।

पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लो भागमा घरबास ९होमस्टे० फस्टाउँदै गएको छ । सोही क्षेत्रमा किबीको सफल उत्पादन भइरहेको छ । पाहुनाले किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताउनुभयो । भकुण्डेमा फस्टाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ–१० का वडाध्यक्ष तिलबहादुर थापा बताउनुहुन्छ ।

“किबी खेतीको राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो । भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किबी खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना वडा कार्यालयसँग छ । किबी प्रतिकिलो स्थानीय बजारमा रु तीन सयदेखि रु तीन सय ५० सम्ममा बिक्री हुन्छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ ।

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिनुभयो । किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ । रोपेको तीन वर्षपछि किबीले उत्पादन दिन थाल्ने किसान बताउँछन् ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ