कार्यदलले अझै टुङ्ग्याएन सिट बाँडफाँट, आज पुनः बैठक बस्दै



काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आजसम्म टुङ्ग्याउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार साँझ बसेको कार्यदलको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म आज नै टुङ्ग्याउने गरी बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

सिट बाँडफाँटका सम्बन्धमा सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उहाँले जानकारी दिनुभयो ।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको सचिव जोशीले बताउनुभयो ।

कार्यदलको बैठक आज साँझ ५ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको जनाइएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी