डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै



काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको जनाइएको छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन ।

डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका सदस्य प्रीतम सुवेदीका अनुसार आज पनि सरकारसँग वार्ता हुँदैछ । स्वास्थ्य मन्त्रालयको टिमसँग आज १ बजेदेखि वार्ता सुरू हुने उनले जानकारी दिए । आजको वार्ताबाट केही सकारात्मक परिणाम आउनेमा सुवेदी आशावादी छन् ।

डा. केसीले सत्याग्रह सुरु गरेको आठौं दिन पुग्दा पनि निकाशका लागि सरकार तत्पर नहुनेले चिकित्सा शिक्षा सुधारमा संवेदनशील छैन भन्ने स्पष्ट हुन्छ । अब डा.केसीको स्वास्थ्य अवस्थाको विषयमा सरकार संवेदनशील नभए उनका समर्थनहरु सडकमा उत्रिने अवस्था देखिन्छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी