देश बनाउने जिम्मा एमालेले लिन्छ, यहाँहरू ढुक्क हुनुस्,: अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने दाबी गरे । ‘यस देशको भूगोलको रक्षा एमालेले गर्छ । सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ । देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा एमालेले गर्छ’, ओलीले भने, ‘जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ । आवश्यक कदम चाल्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले विकासलाई साकार बनाइ छाड्ने भन्दै एमालेको नेतृत्वमा गरिबीबाट देशलाई मुक्त गरेर समृद्ध र धनी देश बनाउने बताए ।
६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी