फरकफरक मितिमा तीनवटा मोटरसाइकल चोर्ने तीनजना पक्राउ



काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम र कालिकोटकै रासकोट नगरपालिका–१ का ‍२० वर्षीय दन्त शाही रहेका छन् ।

प्रहरीका अनुसार मंसिर २९ गते काठमाडौंस्थित बौद्धमा पार्किङ गरिएको बा ६३ प २७२७ नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको थियो । यसैगरी पुस ८ गते सिनामंगलबाट बा ७० प ६२०५ नम्बरको २२० सीसीकै पल्सर मोटरसाइकल चोरी भएको थियो । अनुसन्धानको क्रममा दुवै मोटरसाइकल चोरीमा उनीहरू संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान गर्दै जाँदा उनीहरूले ०७९ चैत २९ गते काठमाडौंकै टुसालमा पार्किङ गरिएको बा।प्र। ०२–०१६ प ५८६३ नम्बरको २०० सीसीको पल्सर एनएस मोटरसाइकल पनि चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौंको कपनस्थिच आकासे धाराबाट पक्राउ गरिएक हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी