बालकुमारी घटनाकाे विराेधमा राष्ट्रिय युवा संघकाे प्रदर्शन
काठमाडौँ । ललितपुरकाे बालकुमारीमा दुई युवाकाे ज्यान गएकाे घटनाको विरोधमा नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रर्दशन गरेको छ । संघले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे हाे ।
राष्ट्रिय युवा संघले शान्ति सुरक्षा कायम गर्न नसकेकाे भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ । प्रदर्शनमा सहभागी राष्ट्रिय युवा संघका नेता-कार्यकर्ताले नालायक सरकार चाहिँदैन – युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए ।