एनपिएलका १८ खेल सकिए, अंक तालिकाको शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स कुन स्थानमा परे अरु टीम ?



नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १८ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै आएको यात्रामा ब्रेक लागेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्‍याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहेपनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ। यस खेल अगाडि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। भने चितवन राइनोजसँग भने ३३ रनले पराजित भएको थियो। एनपिएलमा पाच खेल खेलेको सुदूरपश्चिम रोयल्स चारमा जित तथा एउटा खेलमा हारका साथ पहिल्लो स्थान हासिल गरेको हो।

यसैगरी जारी एनपिएलमा समान पाच खेल खेलेको जनकपुर बोल्टस चारमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा झरेको छ । यसले पाच खेलबाट ८ अङ्क जोडेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिदै आए पनि आज भने लज्जास्पद हार सगै दोस्रो स्थान मा झर्यो । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्‍याएको छ भने समान खेलबाट जनकपुरको समान अंक रहेपनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ।

यसैगरी जारी एनपिएलमा चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म पाच खेल खेलेको छ । तीनमा जित र दुइमा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले ५ खेलमा ३ मा जित र दुईमा हार बेहोर्दै ६ अङ्क जोडेको छ ।कर्णाली याक्स र चितवन राइनोज को पनि समान अंक भएपनि नेट रनरेटमा चितवन राइनोज अगाडी छ। कर्णाली हाल चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । भने पाचौ खेलमा पनि लगातार जित निकाल्दै पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णाली चौथो स्थान मा आएको छ।

लुम्बिनी लायन्स ५ खेल बाट ४ हार र एक जित निकाल्दै अङ्क तालिकाको पाँचौँ स्थानमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । भने पछिल्लो एक खेलबाट पोखरा एभेन्जर्स लाई ३३ रनले पराजित गर्दै जित निकालेको थियो।

काठमाडौँ गुर्खाज २ अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।

पोखरा एभेन्जर्स २ अङ्कसहित सातौँ स्थानमा छ । उसले ४ खेलमा एकमा जित ३ खेलमा हार बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले ,दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । भनेचौथो खेलमा कर्णाली सग ७ विकेटले पराजित भएको थियो ।

विराटनगर किङ्ग्स २ अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले चार खेलमा ३ हार तथा एक खेलमा मात्र जित निकालेको छ। पहिलो खेलमा जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् । फ़ाईन जित्ने टिमले नेपाली १ करोड ११ लाख रुपैया पुरस्कार साथै उत्कृस्ट खेलाडीले भिभिन्न पुरस्कार पाउने आयोजकले जनाएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

 सामाजिक सञ्जालमा हामी