बागमती प्रदेश स्तरीय रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न



बागमती प्रदेश स्तरीय सात दिने रेफ्री प्रशिक्षण कार्यक्रम  हेटौडामा सम्पन्न भएको छ।

बाहमती प्रदेश खेलकुद बिकास परिषदको प्रायोजनमा र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा, मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको ७ दिनको प्रदेश स्तरीय रेफ्री प्रशिक्षण लेभल फोर क्याटेगोरि माघ १८ गते सम्पन्न भएको छ।

बागमती प्रदेशका विभिन्न जिल्ला गरि ३५  जना सहभागी उक्त कार्यक्रममा २१ जना सफल भएका थिए ।प्रशिक्षणमा सहभागीलाई  हिजो एक कार्यक्रम विच हेटौडाउपमहानगरपालिका मेयर हरिवल महत तथा बागमती प्रदेश खेलकुद परिषदका सुर्य भन्डारि तथा जिल्ला खेलकुद परिषद मकवानपुरका अध्यक्ष सानू लामाको आतिथ्यतामा प्रमाणपत्र तथा एन्फा व्याच वितरण गरि समापन भएको थियो।

सहभागी प्रशिक्षार्थिहरुलाइ फिफा रेफ्रि तथा ईन्स्ट्रक्टरहरु लव खत्रि ,शैलेश जोशि, कल्पना शर्मा ,रोजिन श्रेष्ठ र गजेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए।जिल्ला फुटवल सघ मकवानपुरका अध्यक्ष टीका लामाको अध्यक्षतामा कार्यक्रम समापन भयको थियो।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी