बंगलादेशसँग तीन वटा सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुगेकी छिन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा उनले भाग लिने कार्यक्रम छ ।
बंगलादेश भ्रमणको क्रममा बंगलादेशसँग तीन वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपतिको भ्रमणबारे जानकारी गराएका हुन् ।
राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीको निमन्त्रणमा आज देखि दुई दिने राजकीय भ्रमणका लागि प्रस्थान पुगेकी हुन् ।