हेल्थ क्लब बन्द गराउने निर्णयप्रति संघको आपत्ति



काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले व्यायामशाला, हेल्थ क्लब लगायत स्वास्थ्यसँग सम्बन्धित व्यवसायलाई बन्द गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।


संघले आइतबार विज्ञप्ति जारी गर्दै नियमित रुपमा स्वास्थ्यका मापदण्ड अपनाएर भिडभाड नगरी सञ्चालनमा आइरहेको यस व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याइ यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगका लागि सरकारसमक्ष अपिल गरेको हो ।
विशुद्ध स्वास्थ्यलाई ध्यानमा राखी सञ्चालनमा आइरहेको व्यायामशाला, हेल्थ क्लवलाई पनि सरकारले स्वास्थ्यसँग सम्बन्धित नरहेको अन्य व्यवसायसँग एकै ठाउँमा राखेर बन्द गराउने ‘अदुरदर्शी निर्णय एवं निर्देशन’ दिएको भन्दै संघले सरकारको यस्तो निर्देशनले स्वास्थ्यसँग आवद्ध व्यवसाय फेरि एकपटक धरासायी हुने अवस्था आएको जनाएको छ ।

‘नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नियमित सञ्चालनार्थ निरन्रता दिन एवं अनुगमन समिति बनाइ नियमित अनुगमन गरी निर्वाध सञ्चालनको लागि नेपाल सरकारको ध्यानाकर्षण एवं ठोस पहल कदम चाल्नको लागि जोडदार अपिल गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी