गोदावरीमा निर्माणाधीन सभाहलको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘हामी केही व्यक्ति मात्रै सभा हल पुग्छौं, मन्त्री र प्रधानमन्त्रीज्युहरुले बालुवाटारबाटै सभा हलको उद्घाटन गर्नुहुन्छ,’ शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेलले भने,’यो सभाहल उद्घाटनपछि एकैपटक ३ हजार व्यक्ति सहभागी हुने एउटै कार्यक्रम एउटै हलमा गर्न सकिन्छ ।’

प्याकुरेलका अनुसार अब सभा हलमा सरसफाइका काम मात्र बाँकी छन् । शहरी विकास विभागका सिनियर इन्जिनियर मचकाजी महर्जन ९८ प्रतिशत काम भइसकेको बताउँछन् । ‘अहिले अन्तिम चरणको तयारी गरिररहेका छौं,’उनले भने,’पर्सीसम्म धेरैजसो सकिन्छ ।’

विभागका अनुसार २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।

केसी-समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो । ४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । सभा हल प्रवेश गर्ने साना हलहरु पनि छन् । पार्किङ र बगैँचा पनि बनाइएको छ ।

 

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी