मनाङ पुगेरै युवा संघले गर्यो बाढिपिडित लाइ सहयोग
जेठ १०,बेसिसहर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज मनाङको ताल पुगेर बाढी पिडितलाई सहयोग गरेको छ ।
मनाङ लगिएको राहत सामाग्री १५ लाख भन्दा धेरै रहेको छ जसमा चामल,तेल,दाल,नुन,लत्ता कपडा,चाउचाउ,बिस्कुट,त्रिपाल,ब्ल्यान्केट लगायतको सामाग्री हरु रहेका छन् ।
संघका अध्यक्ष किरण पौडेलले नेतृत्व गर्नु भएको टोलिमा उपाध्यक्ष अमित लामा, क्षितिज थेवे,महासचिव रमेश आचार्य लगायतका नेताहरु सहभागी हुनु भएको थियो ।