अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडामा खुल्ला दौड सम्पन्न
हेटौंडा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर हेटौंडामा पुरुष खुल्ला दौड सम्पन्न भएको छ ।
बागमती प्रदेश युबा परिषदको आयोजना र जिल्ला खेलकूद बिकास समितिको समनब्यमा ५ कि.मी पुरुष खूल्ला दौड कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि संबिधान सभा सदस्य अनन्त पौडेल रहनु भएको थियो साथै युवा र खेल क्षेत्रका अगुवा हरुको सहभागीता रहेको थियो ।