राहत लिएर युवा संघ र अखिल बाढी प्रभावित क्षेत्रमा



कार्तिक ४,कैलाली । नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु द्वारा बाढि प्रभावित क्षेत्र कैलालीको टिकापुरको विभिन्न ठाउँमा राहत बितरण गरेका छन् ।

टिकापुरको सत्ती फाटा,बनगाऊँ शांतिपुर लगाएतको क्षेत्रमा राहत बितरण गरिएको हो । यो क्षेत्र पुग्न अलि कठिन रहेको छ। युवा संघका स्थाइ समिति सदस्य अरुण कुवरको नेतृत्वमा युवा संघ र अनेरास्ववियुको जिल्ला कमिटीको आयोजनामा राहत बितरण गरिएको हो ।

रहतमा चाउचाउ,खानेपानी,फुरण दाना, बिस्कुट,जिवनजल र अन्य औसधि रहेका छन् । राहत सामग्री हिजो पुर्याए पनी प्रतिकुल अबस्थाको कारण आज मात्रै वितरण गरिएको युवा संघका नेता रबिन्द्र रोका मगरले सन्देशआजलाई जानकारी दिए । `निकै कठीन परिस्थितिका बावजुत पहिलो पटक हाम्रो टीम पुगि करिब १३५ घर परिवार लाई राहत बितरण गरेका छौं´ रोकाले भने ।


राहत वितरणलाई निरन्तरता दिने आयोजकले बताएका छन् । राहत वितरणमा युवा संघका स्थाइ समिति सदस्य अरुण कुवर ,सचिवालय सदस्य रविन्द्र रोका मगर, जिल्ला अध्यक्ष गणेश महरा, अछामका अध्यक्ष कपिल भण्डारी,अनेरास्ववियुका जिल्ला अध्यक्ष किशोर शाहा,र दुबै संगठनका केन्द्रिय सदस्य,जिल्ला स्तरका र पार्टीका नेताहरुको सहभागीता रहेको थियो ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी