टी–२० विश्वकपको ग्लोबल छनोटमा पर्यो नेपाल



काठमाडौं। नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । ‘सीधै ग्लोबल छनोटमा पुग्नु राम्रो हो तर यो चरण पार गर्न त्यति सहज छैन,’ कप्तान मल्लले नयाँ पत्रिकासँग भने, ‘हामीले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्नु छ । यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सपोजर खेल्नु पर्छ ।’

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

 सामाजिक सञ्जालमा हामी