युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रान्ति बुर्लाकोटीलाई
काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई दिइएको छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क.किरण पौडेल विशेष कारण केही दिनका लागि भारत जानुपरेकाले संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी क.क्रान्ति बुर्लाकोटीलाई दिइएको युवा संघले जनाएको हो ।