मोटरसाइकल दुर्घटनामा परी ५ महिनाको शिशु र आमाको मृत्यु



काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको प्रवक्ता भण्डारीले बताए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन् ।
एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी