धनगढीलाई हराउँदै ललितपुर बन्यो नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन



काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।

खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको ३८ औँ मिनेटमा ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेइलले ललितपुरका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा आक्रामक खेलको प्रदर्शन गरेको ललितपुरले ५० औँ मिनेटमा दिनेश हेनजानको गोलको मद्दतले अग्रता लियो । आठ मिनेटपछि इजेकेइलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता फराकिलो बनाए ।

खेलको ८० औँ मिनेटमा रिचार्ड आग्येमाङले दोस्रो पहेँलो कार्ड खाएपछि धनगढी १० खेलाडीमा सीमित बन्यो । यसका बावजुद खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काएका थिए । तर बराबरी गोल फर्काउन निकै ढिला भइसकेको थियो ।

त्यसपछि कुनै गोल हुन सकेन र खेल ललितपुरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पाएको थियो भने यस सिजन भने उपाधिको रकम दोब्बर बनाइएको छ । पहिलो संस्करण काठमाडौँले जितेको थियो ।

 

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं : नेपालमा पाँच वर्षयता पहिलो ब्याडमिन्टन प्रतियोगिताको रुपमा नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४

यू-१९ महिला एसिया कप : नेपाल र भारत प्रतिस्पर्धा

काठमाडौं : एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज

 सामाजिक सञ्जालमा हामी