काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।
महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए ।
सोमबार मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको राष्ट्रिय सभास्थित कार्यालयमा ताला लगाएको थियो ।