भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक तथा संगीतकार भजन शिराेमणि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले साेमबार सामाजिक सञ्जालमार्फ दिवंगत आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । उहाँले कालजयी भजन र गीतहरुमा आचार्य अमर रहनुहुने उल्लेख गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले ३ वर्षअघि आचार्यसँग भएकाे भेटकाे पनि स्मरण गर्नुभएकाे छ । ‘जहाँ छन् बुद्धका आँखा…अब यो जादुमय स्वर इतिहास भएको छ, हार्दिक श्रद्धा सुमन भजन शिरोमणि भक्तराज आचार्य, कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ, तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु’- उहाँले लेख्नुभएकाे छ ।

आचार्यकाे आज साेमबार ८१ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

 सामाजिक सञ्जालमा हामी