महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती



काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे सम्झाैता कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठककाे शून्य समयमा बाेल्दै सांसद् घर्तीले गत वैशाखमा पुनसँग गरेकाे ७ बुँदे सम्झौता कार्यान्यनवन गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो पुस्तक बेचेर आर्थिक जोहो गर्न यतिबेला जिल्ला दौडाहामा रहेका भन्दै उहाँले पुनकाे पुस्तक किनेर सहयाेग गर्नका लागि पनि सरकारसँग माग गर्नुभयाे ।

‘०८० वैशाख १८ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीरबीच ७ बुँदे सम्झाैता भएकाे थियाे, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरू एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापनको लागि ६० दिनभित्र विधेयकको मस्यौदा तयार गरी अघिल्लो अधिवेशनबाटै पारित गर्ने र चालु आबबाटै संघीय सरकारको पुँजीगत बजेटको १ प्रतिशत रकम आविष्कार कोषमा जम्मा गर्ने लगायत सम्झौता थिए, तर विधेयक किन आएन ? महावीर लगायत नेपालका वैज्ञानिक र वित्तिय सराेकारवालाकाे परामर्शमा चाँडै विधेयक ड्राफ्ट गरी चालु संसद्‍मै विधेयक ल्याउन र पुनकाे पुस्तक किनेर उहाँकाे लक्ष्य पूरा गर्नमा सहयाेग गर्न सरकारसँग माग गर्दछु’ – सांसद् पुनले भन्नुभयाे ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

 सामाजिक सञ्जालमा हामी