केपी ओली कप : साविक विजेता मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा



मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक गोल भने आत्मघाती गोल रहेको हाे । खेलकाे पाँचौं मिनेटमा चिजोबाले सनिशको क्रसमा हेडर मार्फत गोल गर्दै अग्रता दिलाए । छैठौं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । चिजोबाको पासमा स्टेफन बिनोङको प्रहार पुलिस गोलरक्षक शत्रुघन चौधरीको सिधै गएपनि बल उनले बचाउन नसक्दा गोल हुन पुग्यो । ११औं मिनेटमा मछिन्द्रले तेस्रो गोल गर्यो । चिजोबाले बक्स भित्रबाट गरेको प्रहार शत्रुघनले बचाउन सकेनन् ।

३८औं मिनेटमा मछिन्द्रले चौथो गोल गर्यो । दशरथ गिरीले क्लियर गर्न खोजेको बल रामचन्द्र वाजीलाई लागेर आत्मघाती गोल भएको थियो । खेलको अन्तिम समयमा मछिन्द्रका ओमोलाजा करिमले रातो कार्ड खाएपछि मछिन्द्र दश जनामा सिमित भएको थियो ।

मछिन्द्रले अब सेमिफाइनलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी विरुद्ध बिहीबार ३ बजे दशरथ रंगशालामा खेल्ने छ । अर्को सेमीफाइनल न्यू रोड टिम र जावलाखेल एफसी बीच हुनेछ ।  प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी