सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने



काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने निश्चित भएको छ । नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ ।
तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै सावित्रा फाइनलका लागि उपलब्ध नहुने जनाएको छ । लेबनानविरुद्ध पनि सेमिफाइनलमा गोल गरेकी सावित्रा प्रतियोगितामा उच्चकर्ता रहेकी छिन् । उनले प्रतियोगितामा नौ गोल गरिसकेकी छिन् । एन्फाका अनुसार फाइनल हुने मिति फिफाको विन्डो समयमा पर्दैन । त्यसैले उनले सेमिफाइनलपछि प्रतियोगिता छाड्न बाध्य भएको हो । एन्फाले सावित्राको अनुपस्थिति टिमका लागि निराशाजनक रहे पनि उनीबिना पनि अरू खेलाडी उच्च प्रदर्शन गर्न तयार रहेको जनाएको छ ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी