कोशी एमाले संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप
विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले पाएका छन् ।संखुवासभाबाट निर्वाचित प्रदेश सांसद लिङ्थेपलाई सोमबार कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि उक्त जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि प्रमुख सचेतककाे जिम्मेवारी लिङ्थेपले पाएका हुन् ।