बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान दिन सिजपको ध्यानाकर्षण



काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ख्याल गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ । सिजपले आज एक विज्ञप्ति जारी गर्दै तराईका विभिन्न जिल्लामा शीतलहरसँगै चिसो हावा निरन्तर चलेको र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बन्दै गएको र विभिन्न स्थानहरुमा विद्यालयहरू बन्द भएको भन्दै सम्बन्धित सबैमा सावधानी अपनाउन र बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान अनुरोध गरेको छ ।
त्यसै गरी २०८१ पुस २३ गते बिहान ६ः५० मा गएको भूकम्प र त्यस पछि आएका पराकम्पनबाट नेपालमा भूकम्पको जोखिम कायमै रहेको र यसको पुर्व तयारी गर्न, जनचेतना फैलाउन, विद्यालय भवन तथा संरचनालाई भूकम्प प्रतिरोधी, बालमैत्री र अपाङ्गतामैत्री बनाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।
नेपालको छिमेकी देश चीन र भारतमा हालै देखिएको ह्युमन मेटान्यूमोभाइरस (HMPV) जसको नेपाल पनि उच्च जोखिममा रहेको छ र १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको सङ्क्रमण बढिरहेको पाइएको भन्सदै सरकार र सम्बन्धित सबैले यस भाइरसको जोखिम न्यूनीकरण, जनचेतना, रोकथाम र स्वास्थ्यको उपकरणहरूको पुर्व उपलब्धतामा ध्यान पुर्याउन समेत अनुरोध गरेको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी