प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट



काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई लाख हस्तान्तरण गरियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुुहुुन्थ्यो ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी