प्रभु बैंकका सिइओहरु हाजिर जमानीमा छुटे



काठमाडौं : प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलगायत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतमा रहेका कर्मचारीहरु हाजिर जमानीमा छुटेका छन् । ब्युरोले अनुसन्धानको नाममा बेफ्वाँकमा चार साता हिरासतमा राखेपछि उच्च अदालत पाटनका न्यायाधीशहरु चन्द्रबहादुर सारु र गीता तिम्सिनाको गत हप्ताको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटक म्याद थपको अधिकार दिएको थियो ।

ब्युरोले पाँच दिनभित्र अदालतको आदेश पालना गरेको अवस्था नदेखिएपछि शेरचनलगायत झण्डै आधा दर्जन कर्मचारी अहिले हाजिर जमानीमा छुट्ने अवस्था बनेकाे हाे ।  प्रभु म्यानेजमेन्टको लेनदेनको लफडामा मुछिएका देवी भट्टचन र कुसुम लामाको विवादमा अनावश्यक ढंगले सिआईबीले शेरचन र प्रभुका अन्य कर्मचारीलाई नियन्त्रणमा लिएर २७ दिन हिरासतमा राखेको थियो ।

विशेष सरकारी वकिलको कार्यालयले अशोकलाई हाजिर जमानीमा छाडिसकेको छ । रिहाइको कागज गराउन हिरासतमा रहेका मणीराम भुसाल,रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यहरुलाई सिआइबी मुख्यालय,लैनचौर लगिएको छ । यसअघि देवी भट्टचन पनि सरकारी वकिल कार्यालयबाटै छुटेका थिए ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी